अनसनरत भारती सर्वोच्च अदालत परिसरमै ढलिन्



काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।

तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्