स्वरसम्राट नारायण गोपाल स्मृती पुरस्कारद्वारा सम्मानित दिलमाया खातीको निधन



काठमाडौं । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित गायिका दिलमाया खातीको हिजो (मंगलबार) राति ८४ वर्षको उमेरमा भारतको दार्जिलिङमा निधन भएको छ ।

विछोडको पीडा नसकी खप्न दशैँको बेलामा जस्ता कालजयी गीतकी गायिका दिलमायाले कयौँ नेपाली गीत गाएकी छन् ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जलिङिमा जन्मएिकी दिलमाया सन् १९६२ मा पहिलोपटक काठमाडौं घुम्न आएकी थिईन् ।

त्यतिबेला उनको भेट नातिकाजी, शिवशंकर, तारादेवी जस्ता नेपालका दिग्गज गायक–गायिका एवम् संगीतकारहरूसँग भेटभयो । मीठो स्वरकी धनी उनलाई नातीकाजी लगायतले नेपाली गीत गाउने प्रस्ताव राखे ।

नेपाली गीत गाएर रेडीयो नेपालबाट स्वर्णपदक जितेकी उनले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिन, सावन फर्की फेरी आयो, माया लगाई नष्ठिुरी फर्केन जस्ता गीतहरू गाइन् ।

केही समय नेपालको बसाइँपछि आफ्नै जन्मथलो दार्जिलिङ फर्किएकी उनी संगीतकर्म र शिक्षण पेशामा संलग्न थिइन् ।

नारायण गोपालसँग उनको भेट दार्जिलिङमा भएको थियो । उतिबेला नारायण गोपाल र दिलमायाले विछोडको पीडा र तिमी देख्दा रहर बोलका गीतहरू कोलाकातामा गएर गाएका थिए ।

दिलमाया दोस्रोपटक नारायण गोपाल संगीत कोषले प्रदान गरेको २०७१ सालको ‘स्वरसम्राट नारायण गोपाल स्मृती पुरस्कार’ ग्रहण गर्न काठमाडौं आएकी थिइन् ।

उनी आफ्नो घरमा दाइ र भदैनीहरूसँगै बस्दै आएकी थिइन् । उनले जीवनभर विवाह गरिनन् ।

प्रतिक्रिया दिनुहोस्