माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ, जहाजमार्फत काठमाडौं ल्याइँदै



नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

पार्टीको कामका लागि अछाममा रहेका सचिव आचार्य अचानक अस्वस्थ भएका हुन् ।

उनको साँफेबगरको एउटा होटलमा बसिरहँदा बोलि बन्द भएको र शरिरको एकभाग चल्न छोडेको हो ।

उनलाई तत्काले सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको थियो । नेपाल मेडिकल कलेजमा उपचार सम्भव नदेखिएपछि उनलाई जहाजमार्फत काठमाडौं ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस्