कोशी प्रदेश- आसोज २० गते विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज (बुधबार) प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौं २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

उनले असोज २० मा विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीमा कार्की नियुक्त भएको असोज २० मा ३० दिन पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस्