ट्रकले ठक्कर दिँदा दुई  विद्यार्थीको मृत्यु



धादिङ।

 पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी  गाउँपालिका वडा नम्बर २ फुर्केखाेलामा बुधवार बिहान  ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको छ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको  प्रदेश ०२–००१ख- ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई जना विद्यार्थीको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

मृत्यु हुनेमा  वागेश्वरी मावि मलेखुमा कक्षा ८ काे कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

 घटनापछि भागेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थलमा मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्