बझाङमा पहिरोमा परेर एक जनाको मृत्यु



काठमाडौँ।

बझाङमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । उनी बाटोमा हिडिरहेको वेला भूकम्प आएको र भूकम्पका कारण माथिबाट पहिरो खस्दा ढुङ्गा लागेर उनको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा जयपृथीवी नगरपालिका वडा नं ११ की ४० वर्षिया गुनमती धामी रहेकी छिन।

मङ्गलवार दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर पटक पटक भूकम्प गएको छ ।

बाजुरा र बझाङमा धेरै मानिस घाइते भएका छन् । के कति संख्यामा घाइते छन् यकिन विवरण आइसकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्