सुदूरपश्चिम प्रदेशमा भूकम्पको झड्का, बझाङमा केही घरमा क्षति



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा भूकम्पको झटका महसुस गरिएको छ ।

बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो भने दोस्रो भूकम्पको झड्का  पनि महसुस  गरिएको हाे ।

सो भूकम्पको झटका भारतको राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभूत विद्यालयको भवन भत्केको खबर छ । मानवीय क्षति भएकाे जानकारीमा आएको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्