गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : अध्यक्ष ओली



काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे । उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्