दोलखा ११ किलो सुन प्रकरण : चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ



काठमाडौं ।

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट एक चिनियाँ नागरिक र दुई नेपालीलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार सनत प्रधान र लालबहादुर तामाङ सुन बिक्री गर्ने ग्राहक खोज्न संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । यस्तै पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौंमा सुनको व्यवस्थान गर्ने गरेको सीआईबीको दाबी छ ।

गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।  यसअघि यस प्रकरणमा सात जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्