शिशिरको कुरै नसुन्ने



लोकप्रिय गायक शिशिर योगीको स्वरमा नया“ गीत कुरै नसुन्ने सार्वजनिक गरिएको छ।

शिशिरको स्वर र संगीत रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द रचना र श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ।

गीतमा एक प्रेमीले आफ्नो मायालुको आनाबानीको मिठो शैलीमा व्य“ख्या गरेका छन्।

मेरी मायालु किन होला कुरै नसुन्ने
सुनिहाले नि आधा सुन्ने पूरै नसुन्ने
कहिले गर्छिन् बेकारमा मायामाथि शंका
आगो किन जलाउ“छिन् पिरतीको लंका
छिनमै झर्किन्ने छिनभरमा त्यसै तर्किने
कहिले होला नि मायालुको मन फर्कने
गीतमा भनिएको छ।

सार्वजनिक गीत शिशिरले हालसम्म गाउ“दै आएका गीतभन्दा भिन्न शैलीको छ। रमाइलो ढंगले तयार पारिएको गीतको भिडियोमा शिशिरले नै मोडलिङ गरेका छन्।

जसमा उनलाई विभिन्न हाउभाउ र अभिनयमा देख्न सकिन्छ। गायक योगीकै शिशिर योगी युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा वीरेन्द्र भट्ट विपिनको छायांकन र सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्