अदातलद्वारा बोर्डसँग सर्वोत्कृष्ट फिल्म घोषणा नगर्नुको कारण माग



उच्च अदालत पाटनले चलचित्र विकास बोर्डद्वारा गत महिना राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्म विधा घोषणा नगर्नुमा कारण देखाऊ आदेश दिएको छ।

फिल्म प्रकाशका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै गत बिहीबार दायर रिरटप्रति अदालतले शो आदेश दिएको हो। वादीहरूले जुरीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए। सोहीबमोजिम न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले चलचित्र विकास बोर्डलाई जुरीले तयार पारेको अवार्डको मूल्यांकनको सक्कल कागजपत्र बुझाउनसमेत आदेश दिएको छ।

गत भाद्र १२ गते महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलकै प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ फिल्म विधा घोषणा नगरी अन्य विधामा मात्र अवार्ड प्रदान गरिएको थियो।

समारोह सम्पन्न भएलगत्तै एक जुरी सदस्यले समेत सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको प्रति प्रश्न उठाएका थिए। ‘निर्देशक तथा सञ्चारकर्मी राजेन्द्र शलभज्यूको संयोजकत्वमा मसहित कलाकार सरिता गिरी, संगीतकार चेतन सापकोटा तथा लेखक शिवम अधिकारीसहितको पा“च सदस्य निर्णायक टिमले बुझाएको बेस्ट फिल्मको निर्णयलाई चलचित्र विकास बोर्डले किन वितरण गरेन? बिहे त भयो, गोेडधुवा सामानहरू पनि जन्तीस“गै पुगे तर, बेहुलीचाहि“ माइतीमै रोकिएजस्तो भयो यो एउटा अवार्ड रोकि“दा’ जुरी सदस्य तथा सञ्चारकर्मीले फेसबुकमा स्ट्याटस सेयर गर्दै भनेका थिए। अर्का जुरी सदस्य तथा फिल्म लेखक निर्देशक शिवम अधिकारीले राष्ट्रिय पुरस्कारका नाममा भ्रष्टाचारको गन्ध आएको भन्दै यसबारे अनुसन्धान गर्न आग्रह गरको छन्। ‘नैतिकताको प्रश्न? फलानो चलचित्रलाई किन सम्मान गरिएन? त्यो खामभित्र ६१ चलचित्रको रिजल्ट थियो, त्यो फलानो चलचित्र नै किन हुनुपथ्र्यो ? फलानो चलचित्रले किन रिट हाल्यो म पनि एक जुरी सदस्यको नाताले यो प्रश्न गर्दैछु। किनकि, त्यो बन्द खाममा थियो। कसरी एउटा चलचित्रले मात्र रिट ग¥यो, अरुले किन गरेन? रहस्यमय छैन र??’ अधिकारीले प्रश्न उठाउ“दै फेसबुकमा लेखेका छन् ‘अर्को प्रश्न उत्कृष्ट चलचित्र किन घोषणा गरिएन यसको जवाफ मस“ग पनि छैन। तर, फलानो नै हो भनेर जसले सार्वजनिक ग¥यो, उसले सम्बन्धितहरूस“ग आर्थिक लेन्देन गरेको गन्ध आइरहेको छ।

त्यस कारण म जुरी सदस्यको नाताले यो प्रकारको भ्रष्टाचारको पनि छानबिन होस भन्ने चाहन्छु। बन्द खाममा के–के छन् बाहिर ल्याउ“दै तपाईंलाई दिलाइदिन्छु भनेर आर्थिक लेनदेनको पनि छानबिन हुनु जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्