अर्थमन्त्री महत इजिप्ट प्रस्थान



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत इजिप्ट प्रस्थान  गरेका छन् ।

आइतबार बिहान एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत  इजिप्टको राजधानी कायरो प्रस्थान गरेका हुन् ।

मन्त्री महत एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन् । अर्थमन्त्रीसँगै राजस्व सचिव डा.रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने,उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि(सक्षम पूर्वाधारमा स्टार्ट-अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने,जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्