नृत्यमा शिवदास विजयी



मञ्जिल युकेद्वारा राजधानीमा आयोजित टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्यतर्फ शिवदास गुरुङ विजयी भएका छन्। उनलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले नगद एक लाख रुपैया”का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा नेपाली भाषातर्फ विवेश मोते, साहित्यतर्फ प्रेम मगर, अन्तर्राष्ट्रिय भाषातर्फ दिप्ती उप्रेती र संगीततर्फ विकेश लामा विजयी भएका छन्। उनीहरूलाई २५÷२५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, भिवर्स च्वाइसमा चन्द्रकला राईलाई नगद आठ हजार र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा साहित्यकार डा. रेणुका सोलु, व्यवसायी प्रकाश सिंह कार्की, पत्रकार राजेन्द्र बानिया“ र विक्रम श्रेष्ठलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्