जी–२० सम्मेलन भारत : विदेशी पाहुनालाई सुन चाँदीका भाँडामा खान्की



एजेन्सी । 

जी–२० शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विशिष्ठ अतिथिहरुलाई स्वागत गरेका छन् । दिल्लीको मन्डपममा कार्यक्रम चलिरहेको छ ।

मोदीले जर्मनीका चान्सलर ओलाफ शोल्ज, साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, इटालीकी प्रधानमन्त्री जार्जिया मेलोनी लगायतलाई स्वागत गरे ।

हिजो आइपुगेका बाइडेनसँग हिजै मोदीसँग कुराकानी भएको थियो । बाइडेन एयरपोर्टबाट सिधै मोदीलाई भेट्न उनको सरकारी आवासमा पुगेका थिए । बाइडेनले चन्द्रयान ३ को सफलताका लागि मोदीलाई बधाईसमेत दिएका थिए ।

नयाँदिल्लीस्थित प्रगति मैदानमा युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलन चलिरहेको छ ।  उक्त सम्मेलनमा  भाग लिन आउने पाहुनाले सुन चाँदीका यी विशेष भाँडाकुँडामा खाना खानेछन् । बीबीसी 

प्रतिक्रिया दिनुहोस्