धेरै फरक छ



श्रीमती र सालीमा
सेती र कालीमा
मेची र महाकालीमा
प्रशंसा र गालीमा
ओठ र गालामा
शिर र पाउमा
हात र खुट्टामा
नारी र पुरुषमा
नेता र कार्यकर्तामा
भरिपूर्ण र खालीमा
गाली र तालीमा
इमानदार र जालीमा
मालिक र मालिक्नीमा
हरियो र लालीमा
गरो र आलीमा
थुन्से र डालीमा
हलो र फालीमा
मुलघर र पालीमा
चम्चा र थालीमा
मुहाली र हालीमा
हुनेखाने र हुँदा खानेमा
फरक छ, धेरै फरक छ

प्रतिक्रिया दिनुहोस्