झापाको नाट्य प्रतिष्ठान नाटकघर निर्माणका लागि इँटा खोज्दै राजधानीमा



२०५८ सालमा तत्कालीन मेची अञ्चलका युवा प्रतिभाको सामूहिक भेलाबाट पाँचथरको फिदिममा स्थापित तथा प्रदेश नं १ मा शाखा र उपशाखा सञ्चालन गर्दै आएको क्षितिज नाट्य प्रतिष्ठान झापा, विर्तामोडले समुदायस्तरबाटै एक व्यक्ति एक थान इँटादेखि १ धुरसम्म भूमिदान सहयोग अभियानलाई अघि बढाएको छ।

बहुुजाती, बहुभाषी बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गरी व्यावसायिक रंमञ्चको सुरुवात गर्दै स्थानीय प्रतिभाले आफ्नो कला बेचेर बाँच्न सक्न व्यस्थापन गर्न तथा कला र कलाकारको संरक्षण सम्वद्र्धन गर्ने लक्ष्यसहित चार वर्षदेखि कला मन्दिरको निर्माण कार्यमा क्रियाशील रहँदै प्रतिष्ठानले अभियानलाई सिंहदरबारसम्म विस्तार गरेको जनाएको छ।

हामी श्रोत साधन र आर्थिक अभावका कारण हाम्रो पूर्वीय संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा र पुर्खाको गौरवशाली इतिहास बचाउन मात्रै हैन, पश्चिमेली संस्कृतिबाट हाम्रो पूर्वीय संस्कृतिलाई अक्क्षुण राख्न सडकमा १५ रुपियाँको १ थान इँटा मागेर सबै जातजाति तथा भाषाभाषीको सामूहिक पहिचान झल्कने गरि बहुजातीय सांस्कृतिक संग्रहालय र प्रदेश नं १ कै पहिलो सुविधासम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने ऐतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकका घर आँगनमा पुग्दै १ थान इँटा मागिरहेका छौ।

यसका लागि राजधानी र सिंहदरबारसम्म आइपुगेका छौ र विभिन्न पार्टीका शीर्ष नेताहरुसमेतलाई गुहारिरहेका छौं, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पित भन्छन् २०७५ साल आषाढ ११ गतेबाट प्रारम्भ अभियानले सडकमा १५ रुपियाँको एक थान इँटा मागेर दुई करोडको नाट्य कला मन्दिर निर्माण गर्दैछ, जो अझै पूर्ण हुन नसकी अधुरो नै छ।

यसलाई पूर्णता दिई सञ्चालनमा ल्याउन हामीलाई अहिले ५० लाख रुपियाँको खाँचो छ। यसैको पूर्णताका लागि अहिले हामी राजधानीसम्म आइपुगेका हौ। प्रतिष्ठानले अहिलेसम्म एक धुर भूमिदान कार्यबाट समूहको नाममा एक सय ४५ धुर अर्थात् सात पाँच धुर जमिन आफ्नै स्वामित्वमा जोड्न सफल भएको छ।

उनी थप्छन् ञइतिहास बोकेका यावत खाले सामग्रीको पहिचान हामी र हाम्रो समाजबाट बिलय हुँदै जानु र यसको संरक्षणमा सम्बन्धित नियायको ध्यान पुग्न नसकेको देखेर नै हामी झापाली कलाकार हाम्रो पहिचानसहितको पूर्वीय संस्कृति बचाउने उद्देश्यका साथ सांस्कृतिक संग्रहालयको निर्माण गर्न लागिपरेका हौ। हामी हाम्रो प्रस्तावना र अवधारणा लिएर वडा कार्यालयमा जान्छौ, नगरमा पठाउँछ, नगरमा गयो हामीसँग रकम छैन, प्रदेशतिर जानु भन्छ। प्रदेशमा गयो यहाँ पनि रकम छैन भन्छ। त्यसैले, यो अभियानलाई सफल बनाउन राजधानी र सिहंदरबारसम्म आइपुगेका हौ ।

बालबालिका, युवा र वृद्ध गरी पाँच सय ८२ प्रतिभा प्रतिष्ठानमा आबद्ध भई रंगकर्ममार्फत समाज रुपान्तरणको क्षेत्रमा क्रियाशील रहँदै आएको तथा यस क्रमा जातीय विभेद, कुरीति, कुसंस्कार र अन्धविश्वासविरुद्ध गाउँबस्तीका टोल टोलसम्म पुगेर नाटक प्रस्तुत गर्दै आएको कल्पितले बताए। उनका अनुसार प्रतिष्ठानले २०५४ सालमा धरानमा पूर्वाञ्चल नाट्य महोत्सव, २०६४ सालमा काठमाडौंमा आरोहण राष्ट्रिय नाट्य महोत्सव तथा २०७४ सालमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा इलाममा आयोजित राष्ट्रिय नाट्य महोत्सवमा आप्mना नाटक प्रस्तुत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्