तीज नृत्य प्रतियोगिता हुने



निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको आन्तरिक क्षमता तथा प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला समिति काठमाडौंले आगामी भाद्र २७ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा अन्तर–विद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसपटक प्रतियोगितामा ६० वटा विद्यालयका करिब नौ सय ६० विद्यार्थीलाई समावेश गराइने जनाइएको छ। काठमाडौं प्याब्सनका उपाध्यक्ष एवं अन्तर-विद्यालय तीज प्रतियोगिताकी संयोजक रीता राई दाहालले नेपालको मौलिकता, चाडपर्व, संस्कृति भुलेका कारण बालबालिकालाई यसबारे बुझाउन प्रतियोगिता गरिने लागेको बताइन्।

प्रतिक्रिया दिनुहोस्