पेट्सानले गर्‍यो उत्कृष्ट विद्यार्थी, शिक्षक र शिक्षाविद्लाई सम्मान 



काठमाडौँ। 

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल(पेट्सान) ले शनिवार एक कार्यक्रमको आयोजना गरी  एस.ई.ई.२०७९ मा उत्कृष्टता हासिल  गर्ने सदस्य विद्यालयका विद्यार्थीहरु , उत्कृष्टता हासिल गर्न सहयोग पु¥याउने शिक्षक /कर्मचारी  तथा वरिष्ठ शिक्षाविद्लाई  पुरस्कृत सम्मान तथा अभिनन्दन  गरेको छ ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभा हलमा सम्पन्न सो  समारोहको अध्यक्षता संस्थाका अध्यक्ष रुपक राजवंसीले गरेका थिए । प्रमुख अतिथिको रुपमा रहेका  पूर्वस्वस्थ्य मन्त्री तथा संघीय सांसद  गगन कुमार थापाले पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार वितरण र सम्मान गरेका थिए ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि  थापाले संसदमा टेबल हुन लागेको शिक्षा विधेयकमा  शैक्षिक गुठीको विषय संशोधन हुने गरी आफूले पहल गर्ने विश्वास दिलाए।

वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले संस्थाको बारेमा जानकारी दिदै एसईई सम्मान तथा वधाई कार्यक्रम संस्थाको परम्परा भएको र यसले शिक्षा क्षेत्रमा योगदान दिनेलाई उत्प्रेरित गरिरहेको बताए । उनले  शैक्षिक गुठी  भनेको शिक्षा ऐन आठौँ संशोधनले  व्यवस्था गरेको र वर्तमान सरकारले शिक्षा विधेयक मार्फत संघीय शिक्षा ऐनमा  संस्थागत विद्यालयको मोडल स्वरुप स्थापित गर्न खोजेको गैर नाफामूलक शिक्षण संस्थाको परिकल्पना गर्न खोजेपनि त्यो अपूर्ण रहेको बताए ।

उनले  निजी विद्यालय शैक्षिक गुठीमा सहजै रुपान्तरण हुन सक्ने आकर्षक सुविधा केही नभएको  भएका कर छुटको सुविधा लगायत  समेत सरकारले खोसेको भन्दै यदि निजी विद्यालयलाई शैक्षिक गुठीमा जान प्रेरित गर्ने हो भने आकर्षक सुविधा दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा अभिनन्दित वरिष्ठ शिक्षाविद् प्रा.डा.हिरा बहादुर महर्जनले गणित विषयको वर्तमान अवस्था र पेट्सानसँग गर्न सकिने सहकार्यको  चर्चा गरे ।

सो समारोहको संचालन सचिव सरोज न्यौपाने  र स्वगत मन्तव्य महासचिव जगत महर्जनले  गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्