रत्नपार्ककको कथा बोल्ने जुलेबीको मन



आगामी भदौ १ गते अल नेपाल रिलिज हुने फिल्म जुलेबीको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच कथात्मक गीत सार्वजनिक गरिएको छ।

फिल्ममा समावेश आज मन बोलको कथात्मक गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर तथा कोशिश क्षेत्री र केतन क्षेत्रीको शब्द रचना र संगीत रहेको छ। विभिन्न कारणले यौन व्यवसायमा संलग्न महिलाको कथा बुनिएको फिल्मको सार्वजनिक गीतमा फिल्मको मुख्य कथा बोल्ने दृश्यहरु संयोजन गरिएको छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका लेखक तथा निर्देशक गणेश देव पाण्डेले फिल्ममार्पmत आपूmले दखेको र भोगेको यथार्थ पस्कने प्रयास गरेको बताए। ञफिल्मका पात्रलाई रत्नपार्कले जोड्छ। फिल्मको कथा सात पात्रको सम्बन्धको वरिपरि घुमेको छ। जुलेबी मेरो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो, कार्यक्रममा पाण्डेले सुनाए। त्यसैगरी, अभिनेत्री सुरक्षा पन्तले जुलेबीको कथा रत्नपार्कको वरिपरि घुम्ने र फरक फरक कथामा काम गर्ने निर्देशक पाण्डेसँग काम गर्दा मजा आएको अनुभव सुनाइन्। यस्तो कथामा धेरै फिल्म बन्दैनन्। हाम्रो समाजले हेर्ने दृष्टिकोण फरकछ। तर, उहाँहरु (यौनकर्मी) सुन्दर लाग्ने व्यक्ति हुनुहुन्छ। उहाँहरुको आप्mनै कथा व्यथा छन्, सुरक्षाले भनिन्।

नवीन भट्ट कार्यकारी निर्माता रहेको एन्थोलोजी जनरामा बनेको फिल्म फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा आभा शर्मा नेपालले निर्माण गरेकी हुन्।

फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको अभिनय छ। निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ। जातवेद बनर्जीको संगीत, विवेक खड्काको छायांकन, अञ्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्मको वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेन्टमेन्टले लिएको छ भने डिजिटल अधिकार डीएआर मुभिजले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्