नांगो गाउँको पहिलो नम्बर



आगामी भदौ २९ गते रिलिज हुने फिल्म नांगो गाउँको पहिलो गीत पहिलो नम्बर सार्वजनिक भएको छ।

बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ। गीत एसडीले रोमान्टिक शैलीमा तयार पारेका छन्। गीतमा नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक अवतारमा देखिएका छन् भने रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा आलोक शुक्लाको छायांकन छ। क्लब वर्क क्रियसन प्रालिको ब्यानरमा हिमाल शर्माद्वारा प्रस्तुत तथा जय श्रेष्ठद्वारा निर्मित फिल्ममा दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको छ भने रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाइ जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेशप्रसाद पौडेल, शंकर आचार्यलगायतका कलाकारले अभिनय गरेको फिल्मा बनिष शाहको सम्पादन रहेको छ।

फिल्मले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई प्रस्तुत गरेको छ । यसअघि घामपानी, गोपी, छ माया छपक्कै, २ नम्बरीजस्ता फिल्म निर्देशन गरेका निर्देशक लामाले यसपटक पनि सामाजिक परिवेशमा नांगो गाउँ बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्