न्यातापोलको ४० औँ स्थापना दिवसको अवसरमा रक्तदान र टेबुल टेनिस कार्यक्रम सम्पन्न



काठमाडौं ।

न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवसका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताको फाइनल र पुरस्कार वितरण समारोह सम्पन्न भएकाे छ ।

भक्तपुर नगर पालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा प्रोक्सिमा स्कूलको कभर्ड हलमा सम्पन्न भएकाे हाे।

उक्त कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई विशेष महत्व दिनै आएको, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन विकासमा जोड दिँदै आएको बताए । कला, संस्कृति र पर्यटनको विकास सँगै खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने उद्देश्यले पूर्वाधार निर्माणमा समेत विशेष जोड दिनै आएको बताए ।

भक्तपुर नगरपालिकाले वडा नं. १० बेखालस्थित टेबुल टेनिस कभर्ड हल निर्माण पनि अन्तिम चरणमा पुगेको पनि अवगत गराए । मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक वर्ष विभिन्न खेलको अन्तर नगर प्रतियोगिता आयोजना गर्ने गरेको र यस्ले खेलाडीलाई उत्साहित पार्ने बताए ।

न्यातापोल कर्नर टीमका अध्यक्ष शिव सुन्दर गोथेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल, टीमका सल्लाहकार शिवनारायण गोथे, राजाराम चवाल, उपाध्यक्ष मुक्तिसुन्दर जधारी र सचिव रोशन धौभडेलले  । सोही दिन सम्पन्न खुल्ला टेबुल टेनिस प्रतियोगिताको पुरुष एकल फाइनलमा ससस्त्र प्रहरीका राजिव चिकंबन्जार (भक्तपुर नगरपालिका १० वडा खेलकुद समिति) ले रजोजमान थकु (भक्तपुर बहुमुखी क्याम्पस) लाई ११–७, १३–११, ११–६ को सोझो सेटमा पराजित गरी  प्रथम स्थान हासिल गरेका छन् ।

सुमेध प्रधान(भक्तपुर नगरपालिका  १० वडा खेलकुद समिति) र श्रीजल सुवाल (भक्तपुर नगरपालिका २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे । त्यसैगरी महिला खुल्ला स्पार्धामा दिया देउला (मोर्डन कलेज) ले क्यारिना सुवाल (भक्तपुर नगरपालिका २ वडा खेलकुद समिति) लाई ११–९, ११–७, ११–८ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् ।

नर्मदा खाइतु (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) र प्रदिपा सुवाल (भक्तपुर नगरपालिका २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे । मेन्स सिंगल (३५ बर्ष माथि) मा कृष्णसुन्दर खाइतु (न्यातापोल कर्नर टीम) ले जीवन गोसाई ( होटल सेन्ट्रल भक्तपुर ) लाई ११–६, ११–७, ७–११, ११–७ मा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् ।

रबिन धौभडेल, बिष्णुराम न्हुछे ( न्यातापोल कर्नर टीम) ले तृतीय स्थान हासिल गरे । मेन्स डबल्समा जीवन गोसाई र कृष्णगोबिन्द सिल्पकार (होटल सेन्ट्रल भक्तपुर) को जोडीले रबिन धौभडेल र बिष्णुराम न्हुछे (न्यातापोल कर्नर टीम) को जोडीलाई ११–७, ११–६, ७–११, ११–८ को सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । कृष्णसुन्दर खाइतु, रत्नसुन्दर खाइतु (न्यातापोल कर्नर टीम) र संजीव किवानायो, बिक्रम जधारी (हेल्डी फुटसल) ले तृतीय स्थान हासिल गरे ।

प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका निरु गाइजूले राइजिङ्ग खेलाडीको पुरस्कार प्राप्त गरे । विजयी खेलाडीलाई  मेयर सुनिल प्रजापतिले प्रमाण पत्र, मेडल, सिल्ड प्रदान गरेका हुन् । विजयी खेलाडीहरुलाई स्थानीय समाजसेवी न्हुछेरत्न खाइतुको तर्फबाट नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्