बस र डम्पर ठोक्किँदा ४ जनाको मृत्यु, १८ जना घाइते


एजेन्सी।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार शहरको उत्तरी बाइपासको एकतर्फी बाटोमा यात्रुवाहक बसले गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्याइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

उद्धार सेवाका अनुसार बसमा सवार यात्रु कराँचीका बासिन्दा रहेको र पिकनिक जाँदै गरेको बुझिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।