प्याब्सन काठमाडौँले गर्‍यो एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान 



काठमाडौँ।

काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) जिल्ला कार्यसमितिले काठमाडौँमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।  कार्यसमितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी  विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

 २०७९ सालको एसईईमा  उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरू, २०७९ मा ४  जिपिए ल्याउने विद्यालयहरू औसतमा उच्चतम  जिपिए प्राप्त गर्न सफल विषयगत शिक्षक, सबै विद्यालयका उच्चतम जिपिए ल्याएर विद्यालय टप गर्ने विद्यार्थीहरू, एउटै विद्यालयमा २० वर्षे सेवा पुरा गरेका शिक्षक तथा कर्मचारीहरू,त्यस्तै सामाजिक क्षेत्रका विभिन्न क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरू गरी करिब ७५० भन्दा धेरै व्यक्तिहरूलाई सो अवसरमा सम्मानित गरिएको हो ।

सोही अवसरमा प्याब्सनकाठमाडौंका सदस्य विद्यालयको सम्मान कार्यक्रममा सार्वजनिक विद्यालयबाट ४  जिपिए ल्याउने थप २ जना विद्यार्थीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित भएका  विद्यार्थीहरूलाई सम्मान पत्रसहित नगद ५ हजार प्रदान गरिएको छ।

सम्मान कायक्रममा बोल्दै काठमाडौँ प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष प्रेम कुमार राई परीक्षितले, हाल सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा निजी क्षेत्रका विद्यालयलाई थप अङ्कुश लगाउने काम हुन लागेको र निजी गुठी मार्फत शिक्षण संस्थाको अस्तित्व समाप्त पार्न लागेको भन्दै दुःख व्यक्त गरे । साथै निजी शिक्षण संस्थाले नेपालको कुल शिक्षामा करिब ३३ प्रतिशत ओगटेको भन्दै, थुप्रो रोजगारी सृजना गरेको र शिक्षाका नाममा बाहिरिने रकम नेपालमै रोकेको जानकारी गराउँदै, निजी शिक्षण संस्थालाई सरकारले फूलमाला लाइदिनु पर्नेमा अपहेलना गरेको बताए ।

निजी शिक्षण संस्थाले विद्यार्थी र शिक्षकको चौतर्फी क्षमता वृद्धि गर्ने विभिन्नक्षमता तथा कला अभिवृद्धिको कार्यक्रम गर्ने गरेको बताउँदै, राईले निजी विद्यालय मैत्री ऐन ल्याउन समेत सो अवसरमा सरकारको ध्यानाकर्षण गराए ।

 कार्यक्रममा  सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा लिएको भन्दै, निजी शिक्षण संस्थाले शिक्षामा दिएको योगदानको प्रशंसा गरिन् । उनले शिक्षा ऐनमा भएका गाँठाहरू फुकाउन आफ्नो तर्फबाट पहल गर्ने बचन बद्धता व्यक्त गरिन्  ।

मन्त्री  शर्माले २०२८ सालको शिक्षा ऐन परिमार्जनको संघारमा रहेको, शिक्षा ऐन आउनु  नै ठूलो कुरा रहेको र यसमा केही आउन समस्या भए, यस क्षेत्रका विज्ञहरू बसेर समाधान गर्नुपर्ने भन्दै   निजी विद्यालयहरूले शिक्षालाई  सेवाका भावले सञ्चालन गर्नुपर्ने धारणा राखिन्  । समग्र शिक्षाको विकासका लागी निजी र सरकारी विद्यालयमास्वस्थ प्रतिस्पर्धा र सहकार्य समेत हुनुपर्ने उनको भनाइ थियो ।

 कार्यक्रममा  राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डा. महाश्रम शर्मा , नेपाल राष्ट्रिय अभिभावकसंघका अध्यक्ष पिताम्वर जिसी, नन्दलाल पौडेललगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिहरूले  धारणा राखेका थिए  ।

 सूचना तथा सञ्चारमन्त्री  रेखा शर्माको प्रमुख आतिथ्यतामा र काठमाडौँ जिल्ला प्याब्सनका सचिव–सहसचिवहरूको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्