डा.देवी-दामोदर प्रसाद अक्षयकोषको स्थापना



काठमाडौं । नेपाल चिकित्सक संघको आजीवन सदस्य स्व.डा. दामोदरप्रसाद उपाध्यायको श्रीमती मीरा उपाध्यायको इच्छा अनुसार उहाँका ससुरा तथा मुलुकको दोश्रो डाक्टर देवीप्रसाद उपाध्याय र आफ्नो श्रीमान् एवं वीर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेडेण्ट स्व.डा. दामोदरप्रसाद उपाध्यायको नाममा अक्षयकोष स्थापना गरिएको हो ।

नेपाल चिकित्सक संघमा आयोजित एक कार्यक्रमबिच डा.देवी प्रसाद–दामोदर प्रसाद उपाध्याय अक्षयकोषः २०८० का तर्फबाट श्रीमती मीरा उपाध्याय तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा.अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

कोषबाट उपलब्ध गराइएको रकमलाई दोस्रोपक्षले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त कुनै बैंक तथा वित्तिय संस्थामा मुद्दती खातामा राखी त्यसबापत प्राप्त ब्याजबाट नेपाल चिकित्सक संघबाट सम्झौतामा उल्लेखित प्रयोजन तथा सञ्चालन विधिका आधारमा डा.देवी प्रसाद–दामोदर प्रसाद अक्षयकोष २०८० संचालन गरिनेछ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्