ओलम्पियन बेरीलाई प्रतिबन्ध



लन्डन, (एजेन्सी) । अमेरिकाका ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित पद्धार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो । प्रतिबन्धसँगै ३४ वर्षीय बेरीले यस महिना हंगेरीको बुडापेस्टमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिप र आगामी जुलाईमा सुरु हुने पेरिस ओलम्पिक २०२४ मा खेल्न नपाउने भएकी छन् ।

बेरीले शरीरको एक विशेष भागमा दुखाइ कम गर्ने क्रिम प्रयोग गरेकी थिइन् । जसमा स्पाइरोनोलेक्टोन थियो । उनीसँग औषधिको लागि प्रिस्क्रिप्सन भए पनि त्यसलाई प्रयोग गर्ने अनुमती भने थिएन । सन् २०१६ र २०२० को अमेरिकी ओलम्पिक टोलीकी सदस्य बेरीमाथि सात वर्षको अवधिमा दोस्रो डोपिङ प्रतिबन्ध लागेको हो । प्रतिबन्धित पद्धार्थ भिलान्टेरोल ट्राइफेनाटेट भएको इनहेलर प्रयोग गरेपछि सन् २०१६ मा पनि उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्