सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु



नयाँदिल्ली।

भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) को टोली घटनास्थलमा पुगिसकेको छ ।

एनडीआरएफका वरिष्ठ अधिकारी सारंग भी कुर्वेले भने, “हाम्रो खोजी र उद्धार कार्य जारी छ । घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ ।”

घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्