बाल मनोविज्ञानमा फस्दै गएछु



गायक सुमन केसीको स्वरमा फस्दै गएछु बोलको गीत सार्वजनिक गरिएको छ।

डीपी खनालको शब्द रहेको गीतमा देवेन्द्र बरालको संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्सन चिलुवाल र किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाका साथमा अभिनेता एसराज गराच र अभिनेत्री साक्षी लम्सालले अभिनय गरेका छन्। भिडियोमा शिशिर खातीको निर्देशन, प्रशान्त मगरको कोरियोग्राफी र संकल भुजेलको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्