सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो


काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । मंगलबारको बजार भाउ तय गर्दै महासङ्घले सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

मंगलबार सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घले म‌गलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।