नासिरको जापानमा नयाँ किर्तिमान



काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यस अघि नासिलको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयमो किर्तिमान कायम थियो । उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखिएको थियो ।

फेल्प्सको कीर्तिमान तोडियो

प्रतियोगिताअन्तर्गत ४ सय मिटर व्यक्तिगत मेड्ली पुरुषतर्फ अमेरिकी पौडीबाज माइकल फेल्प्सको कीर्तिमान तोडिएको छ । फ्रेञ्च पौडीबाज लियोन मर्चन्डले उक्त दुरीमा नयाँ विश्व कीर्तिमान राख्दा फेल्प्सको कीर्तिमान छायामा परेको हो ।

फेल्प्सले सन् २००८ को बेइजिङ ओलम्पिकमा ४ मिनेट ३.८४ सेकेण्डको विश्व कीर्तिमान राखेका थिए । यो कीर्तिमान २३ वर्षपछि तोडिने क्रममा मर्चन्डले ४ मिनेट २.५० सेकेण्डमा दुरी पूरा गरेर स्वर्ण जिते । यो स्पर्धामा अमेरिकाका कार्सोन फोस्टरले रजत र आयोजक जापानका दाइया सेतोले काश्य पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्