जू र लेईको अंक बराबर



बेइजिंग, (एजेन्सी) । चीनको शंघाई सहरमा भईरहेको विश्व महिला चेस च्याम्पियनसिपको ११ खेल समाप्तिपछि वर्तमान विश्व च्याम्पियन जू वेनजुङ र उनकी प्रतिद्वन्दी लेई टिङ्गजीको अंक बराबर भएको छ ।

११औं चरणको खेलपछि दुवैले ५.५ अङ्क प्राप्त गर्दै बराबरी अवस्थामा रहेका छन् । अव नयाँ विश्व च्याम्पियनको छिनोफानो भने १२औं खेलपछि मात्र हुने भएको छ । पहिलो ६ राउण्डमा च्यालेञ्जर टिङ्गजीले एक अंक अग्रता लिएपनि विश्व च्याम्पियन वेनजुङले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्कन सफल भएकी थिईन । उनीबीचको ११औं खेल पनि बराबरीमा टुंगिएको थियो ।

अब १२औं तथा निर्णायक खेलमा विश्व च्याम्पियन वेनजुङ सेतो गोटी र टीङ्गजी कालो गोटी लिएर खेल्ने छिन् । उक्त राउण्डमा जसले बाजी मार्छ त्यो नै नयां विश्व च्याम्पियन बन्नेछ । यदि अन्तिम खेल बराबरीमा टुङ्गिएमा भने विश्व च्याम्पियनको उपाधिको लागि ¥यापिड टाइब्रेकरद्वारा विजेताको निर्णय गरिने छ ।

प्रतिक्रिया दिनुहोस्