करातेको उपाधी योङ्ग हार्ट्सलाई



काठमाडौं । सन साईन कप अन्तर विधालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल, जोरपाटीले जितेको छ ।

प्रथम हुन सफल योङ हार्ट्सले ११ स्वर्ण, ५ रजत र ७ कास्य, टिम दोस्रो हुन सफल मदर्स ईन्टरनेसनल स्कुलले ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक तथा टिम तेस्रो हुन सफल नव दिक्षित पाठशालाले ३ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्न सफल भयो भने अनुशासित टिमको उपाधि मेन डोजो चक्रपथले जित्न सफल भयो ।

उत्कृष्ट खेलाडीको उपाधी पुरुष तर्फ योङ हार्ट्सका समीर लामा तथा महिलामा रन्जना चाम्लिङले जितिन् । उदयीमान खेलाडीको उपाधि ग्लोबल भिजनका रोशन लामा तथा एभरेस्ट स्कुलकी प्राथर्ना बज्राचार्यले जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्