५ वर्षपछि जारीले कायम गर्यो सय दिन प्रदर्शनको रेकर्ड



गत वैशाख एक गते रिलिजमा आएको फिल्म जारीले राजधानीमा एक सय दिन प्रदर्शनको रेकर्ड कायम गरेको छ।

करिब पाँच वर्षपछि नेपाली फिल्म प्रदर्शनको क्षेत्रामा पुनः एक सय दिन प्रदर्शनको रेकर्ड बनेको हो। जारीले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्दै राजधानीका तीन हल क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्युबमा एक सय दिन प्रदर्शनको रेकर्ड कायम गरेका हो। जारीले शनिबार राती राजधानीको एक पार्टी प्यालेसमा केक काटर सय दिने दुर्लभ यात्राको खुसियाली साटेको छ। कार्यक्रममा विभिन्न कलाकार, प्राविधिक तथा पत्रकार सहभागी भएका थिए। यसअघि २०७५ सालमा शत्रु गतेले राजधानीमा सय दिन मनाएको थियो।

प्रदर्शनको दुई सातासम्म बक्स अफिसमा आक्रामक कमाइ गरेको जारीले सय दिनसम्ममा १७ करोड १७ लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखाइएको छ। योसँगै नेपाली फिल्मका दुई ठूला ब्रान्ड कबड्डी र छक्का पञ्जा सिरिजपछि उच्च कमाइ गर्ने फिल्मको रेकर्ड जारीले बनाएको छ।

लिम्बू परम्परामा आधारित फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको हो। लिम्बू परम्परामा प्रचलित जारी प्रथामाथि बनेको फिल्ममा दयाहाध्र राई र मिरुना मगरबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। दयाहाङ र मिरुनाका साथ रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतका कलाकारहरुले अभिनय गरेको फिल्म निर्माता निर्देशक रामबावु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्