मुस्ताङे नानी भिडियोमा



कास्की । मुस्ताङका आकर्षक दृष्य समेटिएको तामाङ सेलोमा आधारित मुस्ताङे नानी बोलको गीत भिडियोसहित हालै सार्वजनिक गरिएको छ।

गण्डकी प्रदेशका पूर्वसांसद एवं मुस्ताङका बासिन्दा इन्द्र धारा विष्टको शब्द र संगीत रहेको गीत एसटु प्रोडक्सन प्रालिको प्रस्तुतिमा किमी छ्योक्योङ गुरुङले निर्माण गरेका हुन्। एस टु प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गीत विश्व दोङले गाएका छन्। गीतमा नृत्य निर्देशक सुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय रहेको छ। लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा विष्टले यो गीत दुई वर्षअघि लेखे पनि हाल आएर श्रव्यदृष्यमा समेटिएको हो।

गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्य समेटिएको छ। गीतमा विष्णु तामाङको संगीत संयोजन रहेको छ भने यसको भिडियोमा कोरियोग्राफी एमडी सुवास गुरु, छायांकन सुरज श्रेष्ठ र गणेश सापकोटा तथा निर्देशन र सम्पादन सुरज श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्