अल्कारेजको पहिलो विम्बल्डन उपाधि



at The Championships 2023. Held at The All England Lawn Tennis Club, Wimbledon. {year4}{month0}{day0}. Credit: AELTC/Andrew Baker

लन्डन, (एजेन्सी) । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो विम्बल्डन उपाधि जितेका छन् । आइतबार विम्बल्डन टेनिस प्रतियोगितामा विजयी बन्दै अल्काराजले करियरमा ग्रास कोर्टमा उपाधि जित्न सफल भए । यो उनको दोस्रो ग्रान्डस्लाम उपाधि समेत हो । उनले साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गरेका थिए । २० वर्षीय स्पेनी खेलाडीले यसअघि यूएस ओपन २०२२ जितेका थिए ।

अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनलको पाँचौ तथा निर्णायक सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । जोकोभिच लगातार पाँचौं विम्बल्डन र २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा थिए । पहिलो सेट ६–१ ले गुमाएका अल्कराजले दोस्रो सेटमा ७–६ (८–६) को जित निकाले भने तेस्रो सेटमा ६–१ को जित हासिल गरे ।

चौथो सेटमा जोकोभिच ६–३ ले विजयी भए । पाँचौ सेटमा अल्काराजले ६–४ को जित निकाले । अल्काराजले यस जितसँगै आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् । जोकोभिचले १० वर्षपछि विम्बल्डनको सेन्टर कोर्टमा हार बेहोर्दा अल्काराज सन् १९८६ यताकै कान्छा च्याम्पियन बने । अल्काराजले जितपछि बताए—‘मेरो लागि सपना पूरा भएको छ,’ अल्कारेजले भने,’म एकदमै गौरवान्वित छु ।’

ब्रिटेनको उपाधि खडेरी समाप्त

हेनरी सीर्लेले ब्रिटेनको ६१ वर्ष लामो समयको उपाधि खडेरी समाप्त गरेका छन् । विम्बल्डनको ब्वाइज सिंगल्समा हेनरीले उपाधि जितेका हुन् । उनले रुसका यारोस्लाभ डेमीनलाई ६–४, ६–४ ले हराएका थिए । पछिल्लो पटक ब्रिटिसका लागि स्टान्ली म्याथ्युजले सन् १९६२ मा ब्वाइजतर्फ उपाधि जितेका थिए ।।

प्रतिक्रिया दिनुहोस्