दोहोरी आइकन हुने



मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो दोहोरी आइकन हुने भएको छ।

रियालीटी शोबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन शुरु हुने जनाइएको छ। आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण शुरु हुने जानकारी गराएको छ।

शोमा गायक गायिका पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र कोमल वली निर्णायक हुनेछन् भने पीएन सापकोटा र शोभा त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नेछन्।

आयोजक अजय पोखरेलका अनुसार विजेताले २५ लाख रुपियाँ पुरस्कारका साथमा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन्। दोहोरी आइकनमा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायक जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्