गायक क्षेत्रीको माया माया



हेटौंडा । पपगायक कमल के क्षेत्रीको स्वरमा माया माया बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

म्युजिक भिडियो क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत, संगीत र स्वर कमल के क्षेत्री र संगीत प्रबन्धक शैलेन्द्र एम प्रधान (बाबो) को रहेको म्युजिक भिडियो सात मिनेट ५३ सेकेन्डको छ।

करण जिग्मे मगर र एलिशा पुनमगरको अभिनय रहेको म्युजिक भिडियो पर्यटकीय क्षेत्र पोखरामा छायांकन गरिएको हो। यसअघि, क्षेत्रीले आई लभ यु, नाच न, तिम्रै मायाले, पीपलपाते, मेरो माया र मनजस्ता गीत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्