हेटौंडाका सकियो कोरा



हेटौंडा, (नेस) । हेटौंडा राइडर्स क्लबले कोरा साइकल ¥याली गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल ¥याली हेटौंडामा आयोजना गरेको हो ।

धार्मिक क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको कोरा साइकल ¥यालीमा २० वटा भन्दा बढी मन्दिर परिक्रमा गरी समापन गरिएको क्लब अध्यक्ष विकास ताम्राकारले जानकारी दिए । उनका अनुसार हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेको कोरा साइकल ¥याली हुप्रचौरबाट सुरु भइ भुटनदेवी मन्दिर परिक्रमा गरी टीसीएन रोड, मेनरोड, चौकीटोल, जलेश्वर मन्दिर हु“दै बनस्खण्डी, सानोपोखरा लट्टीनाथ, भैरवरोड चिल्ड्रेन पार्क हु“दै भुवनेश्वर पशुपतिनाथ, कमलडा“डा गुम्बा पुगेको थियो ।

सिमेन्टरोड गुम्बा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, मयुरधाप हेटौंडा–१४, पदमपोखरी हेटौंडा–१३ ह“ुदै भोर्ले हेटौंडा–१२, नया“ राप्तिपुल आलदमारबाट हेटौंडा–११, थानाभ¥याङ, राप्तिपुल, गोरक्षेश्वर मन्दिर हु“दै बुद्धचोकमा समापन गरिएको थियो ।

समापन कार्यक्रममा मेडल, प्रमाणपत्र तथा जाइन्ट साइकलद्वारा प्रायोजन गरिएको उपहार प्रदान गरिएको थियो । कार्यक्रममा काठमाडौं, निजगढ तथा मकवानपुरका २ सय भन्दा बढी राइडर्सको सहभागिता रहेको क्लब अध्यक्ष ताम्राकारले बताए ।

मेसी र मायामीबीच सम्झौता

लियोनल मेसीले आइतबार अमेरिकी क्लब इन्टर मायामीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । अर्जेन्टिनी फरवार्डले अमेरिकन एमएलएस क्लबसँग सन् २०२५ सम्म रहने गरि सम्झौता गरेका हुन् । सात पटकका बालेन डी ओर विजेता मेस्सीले सिजन सकिएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने निर्णय गर्दै नयाँ गन्तब्यको रुपमा इन्टर मियामीलाई रोजे । मायामीका मालिक डभिड बेकह्यामले मेस्सी अनुबन्धनपछि सपना पुरा भएको प्रतिकृया दिएका छन् । मेसीले यसअघि युरोप बाहिर खेलेका थिएनन् ।

मेसी जुलाई २१ मा हुने लिग कपको उद्घघाटन खेलमा नयाँ क्लबको जर्सीमा देखिनेछन् । मेसीले पछिल्लो पटक सन् २०२१ मा विश्वको सर्वोत्कृष्ट फुटबलरको अवार्ड प्राप्त गरेका थिए । गत सिजन कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएका उनले सो उपलब्धि दोह¥याउन सकिने बताईएको छ । उनले पीएसजीमा ७५ खेलमा ३२ गोल गरेका थिए ।

पछिल्लो सिजन लिग वानमा १६ गोल गरेका थिए भने १६ अवसर सिर्जना गरेका थिए । उनी सन् २०२१ मा फ्रान्स लागेका थिए । स्पेनिस क्लब बार्सिलोनामा २१ वर्ष बिताएका मेस्सीले फ्रान्सलाई नयाँ गन्तब्य बनाएका थिए । बार्सिलोनामा मेसीले कीर्तिमानी ६ सय ७२ गोल सहित १० लिग उपाधि, चार च्याम्पियन्स लिग र सात स्पेनिस कप जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्