उनकै सल्लाहमा साटिएको थियो सारुकको भूमिका



नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको पनि राजीवले खुलाएका छन्। उनले सारुकको आत्महत्यापछि नम्रता आफूहरुसँग सम्पर्कविहीन भएको र हालसम्म सम्पर्क नभएको बताए। अहिले मैले उहाँलाई फोन गरेको छैन। उहाँले पनि हामीलाई कल गर्नुभएको छैन। हामी अहिले शोकमा नै छौ। यत्रो दिन बितिसक्दा पनि हामी फ्रेस हुन सकेका छैनौं र फिल्मको बारेमा केही सोच्न पनि सकेका छैनौं, राजीवले नेपाल समाचारपत्रसँग भने।

सुटिङ युनिट स्रोतका अनुसार नम्रता र सारुकको राम्रो सम्बन्ध भए पनि अर्का अभिनेता रोयदीप श्रेष्ठको आगमनपछि भने उनीहरुबीच मनमुटाव शुरु भएको थियो। यसै क्रममा केही दिनअघि नम्रता र सारुकको सम्बन्धबारे इन्स्टाग्राममा गरिएको कुराकानीको स्क्रिनसट सामाजिक सञ्जालमार्फत बाहिरिएको छ। जसमा नम्रताको विगत र वर्तमानबारे समेत विभिन्न कुराकानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्