भारतको सहज जित



नयाँ दिल्ली, (एजेन्सी) । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट भारतले एक इनिङ र १ सय ४१ रनले जितेको छ । डोमिकास्थित रोसीउमा भएको उक्त टेस्टको नतिजा तीन दिनमै निस्केको हो ।

घरेलु टोली वेस्ट इन्डिजले कमजोर ब्याटिङ गरेपछि भ्रमणकारी टोली भारतले यो टेस्ट सहजै जित्न सफल भयो । वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय ५० रन बनाए पछि दोस्रो इनिङमा पनि कुनै सुधार भएन । टोली १ सय ३० रनमै अलआउट भएको थियो ।

वेस्ट इन्डिजको ब्याटिङ धरासयी हुन भारतका स्पिनर रविचन्द्र अश्विन एक्लै पर्याप्त भएका थिए । उनले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङमा ७ विकेट लिएका थिए । कूल १२ विकेट लिएका अश्विन प्लेयर अफ द म्याच घोषित समेत भए ।

भारतको तर्फबाट ओपनरमा आएका यशस्वी जैसवालले शानदार १ सय ७१ रन बनाए । उनले डेब्यु टेस्टै शतक प्रहार गरे । यस्तै अर्का ओपनर कप्तान रोहित शर्माले १ सय ३ रन बनाए । विराट कोहलीले ७६ रनको योगदान दिएका थिए । दोस्रो टेस्ट बिहीबारदेखि क्वीन्स पार्क ओभलमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्