सालको पात उडायोले रमेशलाई दिलायो सफलता



एक वर्षअघि डिजिटल बजारमा आएको सालको पात उडायो बतासैले बोलेका गीत यति धेरै चल्यो कि यसले यसका गायक गायिका वसन्त थापा र अमृता नेपालीलाई थप उचाइ दिलाइदियो।

युट्युबमा ५४ लाख ४१ हजारभन्दा बढीपटक हेरिएको गीतले एक चरण सामाजिक सञ्जाल निकै ततायो। गीतमाथि सयौं टिकटक बने भने त्यो क्रमले निरन्तरता पाइरहेको छ। विभिन्न मेला, महोत्सव, भोज अनि निजी तथा सार्वजकि सवारीमा समेत घन्किँदै आएको यो गीतबाट गायक गायिकाले थप सफलता हासिल गरिरहँदा यसका मुख्य सर्जक भने गुमनामभैmँ रहे। गीत जतिसुकै चले पनि जहिले पनि गायक गायिकाको मात्रै चर्चा हुने गर्छ। तर, एउटा गीत सफल हुनका लागि सो गीतमा कस्ता शब्द छन्, संगीत कस्तो छ, बाजा कस्तो प्रयोग गरिएको छ भन्ने विषयले विशेष महत्व राख्दछ। यसका मुख्य सर्जक हुन् कलाकार रमेश परियार हुन्। गीत उनैको शब्द संगीतमा तयार भएको हो।

रमेशका दर्जनौं लोक तथा दोहोरी गीत बजारमा आइसकेका छन्। तर, उनलाई खास सफलता भने सालको पात उडायो बतासैले दिलाएको छ। सो गीतपछि आफूलाई थप मौलिक र फरक खालको शब्द सिर्जना गर्न प्रोत्साहन मिलेको उनी बताउँछन्। हुन त मेरा दर्जनौं लोक तथा दोहोरी गीत बजार आइरहेका छन्। अधिकांश गीतलाई दर्शक स्रोताले मन पनि पराइदिनु भएको छ। तर, सालको पात उडायो बतासैले मलाई थप उचाइ दियो। यसले मलाई थप नयाँ काम गर्न र मौलिक फरक सिर्जना गर्न ऊर्जा मिलेको छु रमेश भन्छन्। रमेश विशेषगरी फरकपनसहित मौलिक सिर्जनामा जोड दिने गर्छन्। उनका सालको पात उडायो बतासैले, वनमा खयर, वनको जडीबुटी, ढाट्यो जिन्दगीले, शब्द कोश, सल्लैको धूप राम्रो, फलनम खायो खैलेजस्ता दर्जनौं गीत चर्चामा छन्। यसका साथै घ्युको पैैचो तेलले तिरम्ला, पानी तुर्की, बोटमा बयर, ऐना झ्यालैमा, पैतला, चंगासरि, वनमा मैना छ, हातमा रुमाल छ, भिरको खनियो, मुटु कसेर, झल्को, खोलिको गेगरु, लुम्ले काडे, भाग्यले ठग्यो, दुख्यो जिन्दगानीलगायतका गीतमा उनको सिर्जनाका साथमा स्वर रहको छ।

रमेश नेपाली संगीत क्षेत्रमा आफू केही नयाँ र फरक सोचका साथ अघि बढिरहेको बताउँछन्। ञ विशेषत नेपाली मौलिक खालका शब्द र सिर्जनामै म केन्द्रित हुनेछु, रमेश भन्छन्।

गोरखाको ताक्लङ १ का रमेशलाई पछिल्लो समय नेपालका विभिन्न ठाउँमा हुने मेला तथा महोत्सवमा सहभागी हुन भ्याइनभ्याइ छ। आप्mना सांगीतिक प्रस्तुति पस्किन नेपालमा मात्र नभई विदेशी मुलुकमा पनि पुग्दै आएका उनले आप्mना सिर्जना र स्वरका गीतबाट छायाँछवि तीज म्युजिक अवार्ड, दास्रो नेसनल गण्डकी म्युजिक अवार्ड, आठौं नेसनल क्यापिटल अवार्ड, स्टार इन्टरनेसनल अवार्ड, हिमालयन इन्टरनेसनल नेपाल म्युजिक अवार्ड, अवार्डजस्ता विभिन्न अवार्ड प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्