प्रभु महालक्ष्मी इन्स्योरेन्सको एकीकृत कारोबार शुरु



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुरुवात गर्नुभयो ।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पु¥याउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको थियो।

एकिकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गर्नुभयो ।

प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिका जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो ।

कार्यक्रममा संचालक श्री शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवि र युवा टिम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्