नवीन आर्मी छाडेर एन्फामा



काठमाडौं । नवीन न्यौपानेले सेनाको पुरुष टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकेडेमीका प्रमुखमा नियुक्त भएपछि नविनले आर्मी छाडेका हुन् । आर्मीमा नविन प्रशिक्षकमा थिए । उनले यो टोलीलाई ७ वर्षसम्म सम्हालेका थिए ।

मनाङ मस्र्याङ्दी क्लब छाडेर नविनले २०७३ सालमा आर्मीमा सम्झौता गरेका थिए । उनको प्रशिक्षणमा आर्मीले करिब २४ उपाधि जितेको थियो । तर, उनले ए डिभिजन लिगमा भने आर्मीलाई च्याम्पियन बनाउन भने सकेनन् । लिगमा उनको प्रशिक्षणमा टोलीले दोस्रो स्थानसम्म प्राप्त गरेको थियो ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फाले बुटवल र धरानमा सन्चालन गर्दै आएको एकेडेमी तथा भविष्यमा महिला खेलाडीका लागि तीन ठाँउमा सन्चालन गर्न लागिएको महिला एकेडेमीको प्रमुख नविन रहेका छन् । यसअघि नवीन महर्जनले युथ हेड अफ इलिट र हेड अफ एकेडेमीको पनि जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्