मिरा पराजित, कीज क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । रुसकी १६ वर्षीया मिरा एन्ड्रीभाको विम्बल्डन यात्रा समाप्त भएको छ । छनोटको रुपमा प्रतियोगितामा सहभागि भएकी एन्ड्रीभाले ¥याकेट समेत फ्याँक्दा अंक खोसिएको थियो । पहिलो सेट उनले जितेकी थिइन् । दोस्रो सेट अमेरिकी खेलाडी मेडिसन कीजले जितेपछि उनले ¥याकेट फ्याँकिन् । उनलाई चेतावनी दिइएको थियो ।

मिराले निर्णायक सेटमा पनि फेरि ¥याकेट फ्याँकेपछि उनको अंक खोसिएको थियो, यसले कीजलाई सीधै म्याच अंक दिइएको थियो । मिराले एक अंक बचाइन् तर, कीजले यो सेट सहजै ६–२ ले जितेकी थिइन् । जबकी दोस्रो सेट टाइब्रेकमा पुगेको थियो, जसमा कीजले जित हात पारेकी थिइन् । यो जितले कीज क्वार्टरफाइनलमा पुगेकी छन् ।

खेल हारेपछि मिराले अम्पायर आफु विरुद्ध लागेको र उनले ¥याकेट नफँयाकेकी बताएकी थिइन् । उनले अम्पायर लुइस अजेमार इन्गजेलसँग हात पनि मिलाइन । उनी दोस्रो सेटमा राम्रो स्थितिमा थिइन् । उनले ४–१ को अग्रता लिएर खेल जित्न दुई गेम मात्रै जित्नु पर्ने थियो । तर, कीजले पुनरागमन गर्दै टाइब्रेकमा लगेर सेट ७–६ ले आफ्नो नाममा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्