हलिउड एक्कटरकाे ५६ वर्षको उमेरमा बिकिनी फोटोसुट



लस एन्जलस । 

हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्विर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरुको होस नै हरायो ।

 सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् ।

 यो बोल्ड बिकिनी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्- ‘ह्याप्पी नेशनल बिकिनी दिवस..तपाईलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ।’

 यो पहिलो पटक नभएपनि यसअघि पनि धेरै पटक बिकिनी लुकमा अभिनेत्रीले फ्यानको मन जितिसकेकी छिन् ।

यी बिकिनी तस्विरहरूमा, अभिनेत्रीले बिना कुनै हिचकिचाहट आफ्नो परफेक्ट फिगर देखाउँछिन्। यो उमेरमा उनलाई यति फिट देखेर फ्यानहरुले उनको तारिफ पनि गरिरहेका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।

अभिनयका अलावा सलमाले सामाजिक सञ्जालमा पनि आफ्नो सुन्दरताको चर्चा गरिरहेकी छिन् । जहाँ उनलाई २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्