सरितालाई लाग्यो ‘बाडुली’

‘बाडुली लागेको लाग्यै छ, थाहा छैन मायालाई कस्तो छ ?



सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत, सङ्गीत र म्युजिक भिडियो सार्वजनिक भएका छन् ।

बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र हरिश बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार भएको उक्त गीतमा गायिका अनु चौधरीको स्वर छ । मनोज चौलागाईले संगीत अरेन्ज गर्नु भएको छ । हरिश बिज्लाजीले भिडियो निर्देशन गर्नु भएको छ । दोलखाको पर्यटकीय स्थल खरिढुङगामा उक्त भिडियो छायांकन गरिएको हो । ४ मिनेट ३३ सेकेन्ड लामो म्युजिक भिडियोमा विविध कुरा समेटिएका छन् ।

सञ्चारकर्मी एवं अधिवक्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती कुशादेवी निवासी सरिता सापकोटाको शब्द रचना रहेको जाने भए जाऊ बोलको म्युजिक भिडियो यस अघि सार्वजनिक गरिएको थियो । सापकोटाकै शब्द रचनामा पाँच वटा गीत रेकर्ड भई सकेका छन् । सापकोटाको शब्द तथा रुपक डोटेलको स्वर रहेको म्युजिक भिडियो ‘जाने भए जाऊ’ ‘फाइभ स्टार्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्