खुकुलो मौद्रिक नीतिका लागि निजी क्षेत्रबीच सहकार्य



काठमाडौं । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई संस्थाबीच सहकार्य हुन लागेको हो । उद्योग परिसंघको नया“ नेतृत्वलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्यनमार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मल्लले भन्नुभयो–‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ,।’

उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उहा“ले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताउनुभयो । मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झकझक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

त्यस्तै, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफूहरूको मागलाई सम्बोधन गर्नका लागि सरकारस“ग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उधारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्वन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्