ओखलढुंगा समन्वय प्रमुख खनाल सम्मानित 



ओखलढुंगा ।

 राजनैतिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै बल बहादुर राई स्मृति प्रतिष्ठानले जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनाललाई सम्मान गरेको छ । बल बहादुर राई स्मृति प्रतिष्ठानले जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनाल लाई सम्मान पत्रका साथै दोसल्ला ओडाएर सम्मान गरेको छ ।

२०२८ सालदेखि नेपाल विद्यार्थीसंघबाट राजनैतिक यात्राको थालनी गरेका खला हाल सम्म राजनैतिक रूपमा सक्रिय हुनुहुन्छ ।
२०४२ सालको सत्याग्रहमा सक्रिय सहभागी हुनुभएका समन्वय प्रमुख खनाल २०४६-२०४७ सालको जन आन्दोलनमा प्रहरी प्रशासनबाट पक्राउ समेत पर्नुभएको थियो ।सालदेखि ५९ साल सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्ष रहेका खनाल २०६० साल देखि ६९ साल सम्म उपसभापति भएर नेपाली कांग्रेस ओखलढुंगा र समग्र जिल्लाको विकासमा अतुलनीय योगदान पु¥याएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिकाको मेयर पदमा थोरै मतले हार बेहोर्नु भएका खनाल हाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख हुनुहुन्छ । विगतदेखि विभिन्न राष्ट्रिय व्यक्तिहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानले यो वर्ष पूर्वमन्त्री स्वर्गीय बलबहादुर राईको गृह जिल्लाका समन्वय समिति प्रमुख डिल्लीराम खनाल, उप प्रमुख तारा कार्की र ओखलढुंगाका कांग्रेस नेता दुर्योधन गिरिलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्