जिन्दगीको मोडमा सार्वजनिक



गायक सरगम राईको स्वरमा जिन्दगीको मोडहरूमा बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा गायक स्वयं (राईको शब्द तथा संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने स्वरमा दीपा लामाले साथ दिएकी छन्। गीतको भिडियोमा प्रयांकस्टर एलिश राई र विमला खजुमले अभिनय गरेका छन्। एलिस राईको परिकल्पना र निर्देशनमा तयार भिडियोमा जीवनका विभिन्न घटना क्रमलाई सिलसिलाबद्ध रुपमा देखाउन खोजिएको छ। दुःखपछिको सुख र नवविवाहित जोडीले जीवनमा भोग्ने जीवन सघर्षलाई गीतमा चित्रण गरिएको छ।

काठमाडौं र ललितपुरका रमणीय ग्रामीण परिवेशलाई समेटिएको गीत आरजी टी फिल्म्स्को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने भिडियोमा छायाकन संकल्प भुजेल र सम्पादन अनिल रानाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्