मेट गालामा प्रबलसँग देखिइन् आलिया



मुम्बई ।

बलिउड अभिनेत्री आलिया भट्ट अमेरिकाको न्यूयोर्कमा भइरहेको ‘मेट गाला २०२३’मा सहभागिता जनाउन हालै मुम्बईबाट न्यूयोर्क पुगेकी थिइन् । त्यो कार्यक्रममा अमेरिकामा बस्दै आएका फेसन डिजाइनर प्रबल गुरुङको पनि उपस्थिति थियो ।

प्रबलले आफ्नो ट्वीटर हेण्डलमा आलियासँगको तस्वीर राखेका छन् । तस्वीरमा प्रबल र आलिया खुशी देखिन्छन् । प्रबलसँगको तस्वीरमा आलियाले कालो पहिरन लगाएकी छन् । यो तस्वीर आलियाका फ्यानले सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर गरिरहेका छन् ।

आलिया चाँडै नै ‘रकी और रानी की प्रेम कहानी’मा देखिँदैछिन् । फिल्ममा अभिनेता रणवीर सिंहको पनि अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्