सूर्यको सत्याग्रह माथि विमर्श



काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श भएको छ । अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका बारेमा परिचर्चा गरिएको थियो ।

कथा संगहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले प्राय कथाहरू हुँदा खाने भूईमान्छेहरूको पीडा, अभाव, उनीहरूको सङ्घर्ष आदिलाई विषयवस्तु बनाएर लेखिएका बताएका छन् ।

कवितामा जस्तै कथामा पनि राम्रो कलम चलाउन कथाकार सफल रहेको विचार उनले व्यक्त गरेका छन् । जीवन संघर्षमय छ । त्यसैले हरेक परिस्थितिसँग मुकाबिला गरेर जीवन जिउनु पर्ने सन्देश कथाहरूले बोकेको कुरा उनले बताए ।

त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि रहेको उनले बताए । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा गर्दै उनीहरूको त्याग भुल्न नहुने सन्देश पनि कथाहरूमा रहेको कुरा कथासङ्ग्रहको टिप्पणी गर्दै घिमिरेले बताए ।

वरिष्ठ साहित्यकार श्रीहरि फुयालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा चयनित साहित्यकारहरू, संचारकर्मी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

साहित्यकार लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद गरी तीन दर्जन साहित्यि कृतिहरू प्रकाशित छन् । कविता विधाका सशक्त कवि लाकोजूको यो कथासङ्ग्रह भने पहिलो कृति हो ।

प्रतिक्रिया दिनुहोस्